कांग्रेस महामन्त्रीमा उदयले अमरसिंहलाई उछिने, प्रदीप पौडेलको फराकिलो अग्रता यथावत

  • आइबार​ २५ असो २०८३ ०७:५३ AM
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महामन्त्री पदको मतगणनामा उदय शमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन्। पछिल्लो मतपरिणामअनुसार राणाले ७८६ मत प्राप्त गर्दा पुनले ६९५ मत पाएका छन्। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि जारी मतगणनामा राणाले पहिलो पटक पुनलाई उछिनेका हुन्। खुलातर्फका दुई महामन्त्री पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल भने फराकिलो