रियादस्थित विमानस्थल आक्रमणमा प्यालेस्टाइनीदेखि अमेरिकी नागरिकसम्म मारिए, अहिलेसम्म के के भयो ?

  • आइबार​ २५ असो २०८३ ०८:०६ AM
रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थलको सञ्चालन निलम्बन गरिएको छ भने राजधानीका विद्यालयलाई एक सातासम्म अनलाइन माध्यमबाट पठनपाठन गर्न निर्देशन दिइएको छ। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमध्ये चारजना साउदी तथा दुई जना बंगलादेशी नागरिक छन्।