बूढीगण्डकी बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

  • आइबार​ २५ असो २०८३ ०८:०५ AM
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा जुट्न आग्रह गरिएको छ । आइतबार सामाजिक सञ्जालमार्फत बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै घर तथा पुलहरू बगाएको खबरले मर्माहत बनाएको भन्दै प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आग्रह गरेको हुन् ।