काठमाडौं : आइसीसी विश्वकप लिग - २ अन्तिम श्रृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालले पावरप्लेमा ३४ रन बनाएको छ। ओमानस्थित एल अमेरत क्रिकेट मैदान (ट्रफ १) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ। नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याटर आसिफ शेखको विकेट गयो। उनले ३ बलमा १ चौकासहित ४ रन बनाएर क्याच भए। वान डाउनमा आएका इशान पाण्डे डकआउटको रुपमा पेभेलियन फर्किए। हाल नेपालको लागि ओपनर ब्याटर अर्जुन कुमाल ९ र रोहित कुमार पौडेल १५ रन बनाएर खेलिरह