कांग्रेसको मतगणनामा अवरोध, उपसभापति र महामन्त्रीको गणना रोकियो

  • आइबार​ २५ असो २०८३ ०६:३० AM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको जारी मतगणना रोकिएको छ। महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र उदयशमशेर राणा पक्षका प्रतिनिधिहरूले मतगणनास्थलमा नाराबाजी गर्दै अवरोध गरेपछि गणना रोकिएको हो। मतगणनास्थलमा रहेका एक कांग्रेस कार्यकर्ताका अनुसार मतगणनाका क्रममा प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो। विवादका क्रममा निर्वाचन अधिकृतमाथि दुर्व्यवहार र धम्की दिइएको तथा घम्साघम्सीसमेत भएको दाबी