काठमाण्डु- ‘बहुलाउँछु कि क्या हो ?’ शीर्षकको सुन्दा नै मनमा अनेक कुरा खेल्न सक्छन्। तर यही बोलको गीत लिएर रेखा थापा अभिनित फिल्म ‘३६ को आँकडा’ दर्शकमाझ आएको छ। दशैँको घटस्थापनाको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको रेखाले जानकारी दिएकी छन्। गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर छ। सुरेश अधिकारीले लेखेको गीतले फिल्मप्रति दर्शकको