सिमरा : बाराको अमलेखगञ्जमा पिकअप गाडीको ठक्करबाट आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ का करिब ६७ वर्षीय रामबहादुर थिङ्ग रहेका छन्।पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको प्र २-०३-००१ च १७७७ नम्बरको गाडीले थिङ्गलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ।यता, वृद्धलाई ठक्कर दिएलगत्तै फरार भएको गाडी र चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का ३४ वर्षीय विजयकुमार साह सोनारलाई मकवानपुरको रात