कोशीको नाम फेर्न बाटो खुल्यो,दुईतिहाइ जुटाउनुपर्ने

  • आइबार​ २५ असो २०८३ १२:०० PM
विराटनगर : कोशी प्रदेशको नाम परिवर्तनको माग अब सडकको आन्दोलनमा मात्रै सीमित नरही प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गर्न सक्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै नाम संशोधनको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको हो ।तर,प्रस्ताव दर्ता गर्न सक्ने अवस्था बन्नु र नाम नै परिवर्तन हुनुबीचको दूरी भने लामो छ । नियमावलीको नियम २१२ ले प्रदेशको नामकरणमा हेरफेर वा संशोधन गर्न चाहने प्रदेशसभा सदस्यलाई प्रस्ताव अघि बढाउने अधिकार दिएको छ । त्यसका लागि प्रदेशसभाको कुल सदस्य संख्याको कम्तीमा एकतिहा