काठमाडौं । बडादसैँको शुभअवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानले अन्तर–अरुणिमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतिष्ठान अन्तर्गतका नव अरुणिमा माध्यमिक विद्यालय(आरुबारी), अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालय (महाङ्काल) र अरुणिमा माध्यमिक विद्यालय (बौद्ध)मा अध्ययनरत विद्यार्थीहरूबीच रचनात्मक प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगतामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सञ्चिता कटवाल र शमशेर आलमले गरेका थिए भने यासिका गिरीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् । कक्षा १–३, कक्षा ४–६ र कक्षा ७–९ गरी तीन तहमा सहभागी गराइएको प्रतियोगितामा तीनवटा विद्यालयबाट एक सयभन्दा बढी प्रतियोगीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीहरूबिच उच्च स्तरको प्रतिस्पर्धा भएको प्रतियोगितामा एकल नृत्यतर्फ कक्षा १–३ समूहबाट नव अरुणिमा मा