लन्डन : लामो समयदेखि आन्तरिक विवाद र ध्रुवीकरणका कारण निष्क्रियजस्तै बनेको नेपाली जनसम्पर्क समिति बेलायतलाई पुनः सक्रिय बनाउँदै एक साताभित्र अधिवेशन सम्पन्न गरिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अधिवेशन गराउने विशेष जिम्मेवारी दिएपछि शेरबहादुर सुनारको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।नेपाली कांग्रेसको विधानअनुसार निर्धारित समयभित्र अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएका सुनारका लागि संगठनभित्रको विवाद र सीमित समय प्रमुख चुनौती थिए। तर, उनले विभिन्न पक्