उङ्गिलुङ खोलाको बाढीमा परेर १० जना सम्पर्कविहीन

  • आइबार​ २५ असो २०८३ ११:०१ AM
गोरखा : चुमनुब्री गाउँपालिका - ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेमा बस्ने तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिए । लामाका अनुसार उङ्गिलुङ खोलामा बिहान ४ बजे सुख्खा पहिरो खसेको थियो । पहिराका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको लामाको भनाई छ ।उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटर