विराटनगर : पिकअप भ्यानमा लोड गरिएको तरकारीभित्र लुकाइएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ।नेपाल–भारत सीमा क्षेत्रनजिकै शनिबार राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पिकअपमा स्कुस र बन्दाकोबीभित्र गाँजा लुकाएर राखिएको फेला परेको हो। मोरङको जहदा गाउँपालिका–४ रामचोकमा राति करिब ११ बजे शंकास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यान जाँच गर्न खोज्दा चालक गाडी छाडेर भागेका थिए।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले निय