वीरेन्द्रनगर : मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयमा अध्ययनरत दलित समुदायका विपन्न २० जना बालिकालाई दुई लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । समाजले प्रत्येक बालिकालाई १० हजार रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो ।मानव अधिकार तथा शान्ति समाज मुगु शाखाको जिल्ला साधारणसभाका अवसरमा छात्रवृत्ति वितरण गरिएको हो। मुगु शाखाका सभापति चित्रबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले ती बालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गरे ।