काठमाण्डु– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । साउदी अरबको नागरिक उड्डयनसम्बन्धी सामान्य प्राधिकरण (जीएसीए) ले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार मृतकमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक-एक नागरिक छन् । घाइतेहरूलाई