बुढीगण्डकीमा आकस्मिक बाढी : जगतबाट ६ जनाको उद्धार

  • आइबार​ २५ असो २०८३ १०:०१ AM
काठमाडौं : नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ। आज बिहान चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीले बाढीको रुप लिँदा किनार क्षेत्रमा क्षति पुर्‍याएको छ।सेनाले हवाई र स्थलमार्गमा परिचालन भएर जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको हो। नेपाली सेनाले नदी तटीय तथा आसपासको इलाकामा रहेका स्थानीयहरूलाई सुरक्षित एवम् उच्च स्थानमा जान आग्रह गरेको छ।