सिमरा : बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका-६ की ३७ वर्षीया रिजवाना खातुनलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा उनको श्रीमान् साइकल चालक ४० वर्षीय सबु महमद गम्भीर घाइते भएका छन् । उनलाई कलैया अस्पतालबाट वीरगन्जस्थित न्यूरो अस्पताल लगिएको छ ।यसैगरी घटनामा ठक्कर दिने मोटरसाइकमा सवार दुवै जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो