आकासियो हवाई भाडा, टिकटमा लुटतन्त्र

  • आइबार​ २५ असो २०८३ १०:०१ AM
काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा राजमार्गहरू क्षतिग्रस्त बनेपछि दसैं मनाउन घर फर्किने यात्रुहरूले सास्ती बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौं–चितवन सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्णरूपमा अस्तव्यस्त बनेको छ।राजमार्ग बन्द भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमै रोकिएका छन्। हप्तौंअघि लाइन बसेर वा अनलाइनमार्फत अग्रिम टिकट बुक गरेर बसपार्क पुगेका हजारौं यात्र