सडक मर्मतका लागि गलौँदीमा दिनभर राजमार्ग बन्द

  • आइबार​ २५ असो २०८३ १०:०० AM
धादिङ  : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा भासिएको सडक मर्मतका लागि आइतबार बिहान साढे ८ बजेदेखि दिनभर राजमार्ग बन्द गरेर काम गरिने भएको छ।नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार भासिएको सडकमा नयाँ ट्र्याक निर्माण तथा सडक चौडा गर्ने कामलाई तीव्रता दिन सवारी आवागमन रोकेर काम गर्न लागिएको हो।अधिकारीले ब्याक कटिङ गरेर निकालिएको माटो पन्छाउने, सडकलाई दुईतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी चौडा बनाउने र ग्राभेल गर्ने काम बाँकी