काठमाण्डु –पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्। बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै उनले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्। निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा पूर्वराजा शाहबाट यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निधो भएको जानकारी दिइएको