गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार खाली गराइएको छ। नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। बूढीगण्डकीमा आएको बाढीले यसअघि नै विभिन्न स्थानमा क्षति पुर्याइसकेको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाउनुका साथै