गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ । मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले बिहानदेखि तीन चरणमा बाढी आएको छ भने दोस्रो बाढीले आरूघाटमा खतराको तह पार गरेको जानकारी दिए । पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको जानकारी