उङ्गिलुङ खोला किनारको गोठमा रहेका ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुलसमेत बगे

  • आइबार​ २५ असो २०८३ ०९:०० AM
काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर ४ जना बेपत्ता भएका छन्। उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन्। चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए। आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्‍याङको झुलुंगे पुल,  खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ।&nb