साउदी अरेबिया : साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी घाइते भएका ३०९ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणपछि विमानस्थलको सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरिएको छ।विमानन ट्र्याकिङ वेबसाइट 'फ्लाइटरडार'का अनुसार रियादका लागि उडान भरेका तथा आउने क्रममा रहेका सबै विमानहरूलाई अन्यत्र डाइभर्ट गरिएको छ भने बाँकी उडानहरू रद्द गरिएका छन्