बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

  • आइबार​ २५ असो २०८३ ०२:३७ AM
आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित ३४१ मेगावाटको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बाढीले बगाएको हो । बूढीगण्डकी नदीमा आइतबार बिहान करिब ५ बजेको समयबाट लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ । राष्ट्रिय The post बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो appeared first on Businesspana.