गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म तत्काल सूचना पुर्याउन अपिल गरिएको छ । सम्भावित जोखिममा रहेका बस्तीका बासिन्दालाई समयमै सुरक्षित