बुढीगण्डकी बाढी अपडेट : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, घरहरूमा क्षति

  • आइबार​ २५ असो २०८३ ०२:५२ AM
गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घरहरूमा समेत क्षति पुर्‍याएको छ भने केही बस्ती जोखिममा परेका छन्। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो। प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल