काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन्। देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ।निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ महिनामा आएको हिमपहिरो तथा भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँ नागरिकले ज्यान गुम