गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानसम्मै सतर्कता अपनाउन आग्रह

  • आइबार​ २५ असो २०८३ ०१:२३ AM
गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान बाढीको जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। महाशाखाले असोज २५ गते बिहान ६:४० बजे जारी गरेको सूचनाअनुसार चुमनुब्री गाउँपालिका–६ बाट बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको छ। बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म