गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

  • आइबार​ २५ असो २०८३ ०१:२८ AM
गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ। बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत