कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

  • शनिबार २४ असो २०८३ ०९:२७ PM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेल फराकिलो अग्रतासहित अघि बढेका छन्। शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको मतगणनामा उनीहरूले पकड बनाउँदै लगेका हुन् । ७२२ मत गणना हुँदा खुला उपसभापतितर्फ भण्डारीले ३८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले २१४ मत पाएका