पोखरा। पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकहरूको सूचीमा समेटिएका छन्। स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियर (Elsevier) को सहकार्यमा तयार पारिएको उक्त सूचीमा उनको नाम समावेश भएको हो। प्राकृतिक स्रोतमा आधारित औषधिको खोज तथा विकासमा जैविक प्रविधिको प्रयोग गर्दै आएका डा. कोइराला यस क्षेत्रमा अनुसन्धानरत विज्ञ हुन्। डा. कोइरालाले हालसम्म गरेका अनुसन्धान कार्यहरू अन्तर्राष्ट्रिय अनुसन्धान समुदायमा उल्लेखनीय रूपमा उद्धृत भएका छन्। सन् २०२६ सम्म गुगल स्कलरमा अनुक्रमित विवरणअनुसार उनका अनुसन्धान कार्यले करिब ६ हजार ५०० उद्धरण प्राप्त गरेका छन्। यसले उनका अनुसन्धानप्रति अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको चासो र ... The post पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा appeared first on Kalika Khabar.