विराटनगर– कोशी प्रदेशसभाले नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो। विधेयक पारित भएसँगै कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा