काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति