काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ।काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा आइपुगेको हो। राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड