आइतबारदेखि पृथ्वी राजमार्ग खुलाउने तयारी, ६० प्रतिशत ब्याक कटिङको काम सकियो

  • शनिबार २४ असो २०८३ ०९:०० PM
धादिङ : पृथ्वी राजमार्गमा सडक भासिएपछि हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा शुक्रबार साँझदेखि राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। सडक कहिले खुल्छ भन्ने निश्चित नहुँदा यात्रुहरू होटल खोज्दै भौँतारिनुका साथै सडक खुल्ने प्रतीक्षामा बस्न बाध्य भएका छन्।राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधनको लाम लागेको छ। गन्तव्यमा पुग्ने अन्योलमा रहेका यात्रुहरू वैकल्पिक मार्गको खोजीमा छन्। तर गलौँदी–घाटबेंसी