पथरी- नेपाल पुलिस फुटबल क्लबले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप २०८३ को उपाधि जितेको छ। मोरङको पथरी रङ्गशालामा शनिबार भएको फाइनलमा निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा बाजी मार्दै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ