नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिको प्रवर्द्धनमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ सुरु

  • शनिबार २४ असो २०८३ ०१:२१ PM
काठमाडौं। नेपाली मौलिक परिकार, रैथाने स्वाद र समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। फेस्टिभल असोज २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ। प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार फेस्टिभलका अवसरमा काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुसहित विभिन्न नेपाली परिकार उपलब्ध गराइनेछ। यसका साथै नेपाली मौलिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा समेत प्रेसिडेन्टको पक्कु प्रस्तुत गरिनेछ। पक्कु नेपाली समाजको सांस्कृतिक तथा सामाजिक जीवनसँग पुस्तौँदेखि जोडिएको परम्परागत परिकार हो। यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी ... The post नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिको प्रवर्द्धनमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ सुरु appeared first on Kalika Khabar.