काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्निर्माणको काम अघि बढाउन छुट्टै प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् । दशैं, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना सन्देश दिदै अध्यक्ष साहले बाढीपीडितको अवस्था अझै पनि दयनीय रहेको भन्दै उनीहरूको पीडालाई बेवास्ता गरेर चाडपर्व मनाउन नसकिने बताएका हुन् । आजपा अध्यक्ष साहले भने, “बाढीपीडितको अवस्था विजोग छ । बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ... The post ‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार appeared first on Kalika Khabar.