काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि.ले नयाँ केवाईसी (KYC) तथा ग्राहक पहिचान र प्रमाणीकरणसम्बन्धी प्लेटफर्म ‘VeriXa’ सार्वजनिक गरेको छ। कम्पनीले असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो संस्करणका अवसरमा उक्त प्लेटफर्म सार्वजनिक गरेको हो। VeriXa बैंक तथा वित्तीय संस्था, सहकारी र विभिन्न व्यावसायिक संस्थालाई ग्राहक आबद्धता, केवाईसी व्यवस्थापन तथा नियामकीय अनुपालनका प्रक्रिया सहज र व्यवस्थित बनाउन लक्षित गरी विकास गरिएको प्लेटफर्म हो। यसले ग्राहक पहिचानदेखि प्रमाणीकरण र जोखिम मूल्याङ्कनसम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। प्लेटफर्ममा अनलाइन खाता खोल्ने सुविधा, ... The post इन्फोडेभलपर्सले सार्वजनिक गर्यो ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’ appeared first on Kalika Khabar.