झापा : झापाको दुर्गापुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्। झापा प्रहरीका अनुसार शनिबार साँझ ५ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ दुर्गापुरस्थित सहिद गेट अगाडि लक्ष्मीपुरबाट सुरुङगातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।दुर्घटनामा स्कुटर चालक कमल गाउँपालिका–५ की ४५ वर्षीया अमृता