कोशी प्रदेश सभाको चालू अधिवेशन अन्त्य

  • शनिबार २४ असो २०८३ ०१:१५ PM
विराटनगर – कोशी प्रदेश सभाको चालू नवौँ अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।