काठमाण्डु- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन्। पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको घटनामा उनीमाथि अनुशासनात्मक अनुसन्धान अघि बढाउँदै अस्थायी निलम्बन गरेको हो। महासंघको अनुशासन परिषद्ले शुक्रबार, अक्टोबर ९ मा रोनाल्डोविरुद्ध अनुशासनात्मक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। शनिबार सार्वजनिक विज्ञप्तिअनुसार उक्त प्रकरणलाई जरुरी प्रक्रियाका रूपमा अघि बढाइएको छ।