कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना थालियो

  • शनिबार २४ असो २०८३ ०२:०४ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझ सुरु भएको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना बेलुकी साढे ७ बजेदेखि थालिएको हो। यसअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसपछि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको निर्वाचन समिति सदस्यसचिव राजु कटुवालले जानकारी दिए। कटुवालका