प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

  • शनिबार २४ असो २०८३ ०७:२१ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफू अन्तर्गत नियमित खोप सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि खोप सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको छ । तालिमको पहिलो ब्याचमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको नियमित खोप सेवामा सम्लग्न स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । खोपको पहुँचमा वृद्धि, खोप सेवाको सुदृढीकरण, खोप कार्यक्रमका लागि तथ्याङ्कको प्रयोग, खोप खेर जाने दरमा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको खोप सेवा सुक्ष्म कार्ययोजना तयार पारेपछि तालिम सञ्चालन गरेको हो ।  तालिम समापन गर्दै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के