कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सरकार (मन्त्रिपरिषद्) को असोज २४ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको