काठमाडौं : सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म प्र ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनापछि म्याजिक जीपका चालक हरिपु