काठमाडौं : गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)मा सम्पन्न भएको छ। असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो। रोयल नेपाल गल्फ क्लबको १०९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य रा