कांग्रेस महाधिवेशन : सिल नगरिएको मतपेटिका भेटिएपछि मतगणना प्रभावित

  • शनिबार २४ असो २०८३ ०७:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीहरूको मतगणना रोकिएको छ।शनिबार ढिलो गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना विवादका कारण प्रभावित भएको हो। आज पहिलो चरणमा उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी गरिएको थियो।तर, मतगणना सुरु हुनासाथ सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद उत्पन्न भएको हो। आचारसंहिताविपरीत मतपेटिका राखिएको भन्दै मतगणना स्थलमा उम्मेदवार र तिनका प्रतिनिधिहरूबीच विवाद जारी छ।विवादका कारण हाल मतगणना पूर्ण रूपमा रोकिएको छ भने स्थिति सामान्य बना