प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि रोक्न सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन्