काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले सो मनोनयन गरेको हो । महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा